logo

Bagamati Province Government

Ministry of Forests and Environment

Directorate of Forest

Division Forests Office Rapti

Manahari, Makawanpur

logo

Brief Introduction

जिल्लाको ऐतिहासिक 

वि.सं. २०१६ साल देखि राप्ती वन डिभिजन कार्यालयको नामबाट कार्यालय स्थापना भई यस जिल्लाको वनको संरक्षण, सम्बर्धन एवं व्यवस्थापन कार्य सञ्चालन हुँदै आएकोमा वि.सं.२०२६ सालमा प्रधान वन कार्यालयको नामबाट कार्यालय स्थापना भएको देखिन्छ । तत्पश्चात वि.सं.२०४० सालमा जिल्ला वन कार्यालय मकवानपुरको स्थापना भएको थियो र समय सापेक्ष वन संगठनमा हुने परिवर्तनले फिल्ड स्तरमा रहने कार्यालयहरुको संरचनामा समेत फेरबदल भई नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय (सचिव स्तर) को मिती २०७०/४/२८ को निर्णय अनुसार यस जिल्लामा ३ वटा सेक्टर र १५ वटा ईलाका वन कार्यालयहरु रहेकोमा देशको राजनैतिक प्रणालीको पूनर्संरचना भई संघिय संरचना अनुरुप नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७५/३/३२ को निर्णय अनुसारको स्वीकृत संगठन संरचना बमोजिम यस जिल्लामा डिभिजन वन कार्यालय, मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरी गरी २ वटा डिभिजन वन कार्यालय र सो अन्र्तगत ८/८ वटा सव डिभिजन गरी १६ वटा सव डिभिजन वन कार्यालय रहने गरी संगठनको पुर्नसंरचना गरिएको छ । १० वटा स्थानिय तह मध्ये डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत बागमती, वकैया, मकवानपुरगढीको सम्पूर्ण क्षेत्र र भिमफेदी गाउँपालिकाको वडा नं. ३, , , , ८ तथा हेटौडा उपमहानगरपालिकाको वडा नं. १, , , , , , , , १०, १५ र १ नं. वडाको राप्तीखोला पूर्वको क्षेत्र पर्दछ भने डिभिजन वन कार्यालय राप्ती, मनहरी अन्तर्गत मनहरी, राक्सिराङ्ग, कैलाश, ईन्द्रसरोवर, थाहा नगरपालिका, भिमफेदी गाउँपालिकाको वडा नं. १, , ४ र ९, हेटौंडा उपमहानगरपालिकाको वडा नं.३, ११, १२, १३, १४, १९ र १ नं. वडाको राप्तीखोला पश्चिमको क्षेत्र पर्दछ । वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट प्रकाशित राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदन २०७१ बमोजिम जिल्लाको जम्मा क्षेत्रफल २,४४,३३६ हेक्टर मध्ये १,६६,५३३ हेक्टर वन क्षेत्रले ओगटेको छ ।वि.सं. २०१६ साल देखि राप्ती वन डिभिजन कार्यालयको नामबाट कार्यालय स्थापना भई यस जिल्लाको वनको संरक्षण, सम्बर्धन एवं व्यवस्थापन कार्य सञ्चालन हुँदै आएकोमा वि.सं.२०२६ सालमा प्रधान वन कार्यालयको नामबाट कार्यालय स्थापना भएको देखिन्छ । तत्पश्चात वि.सं.२०४० सालमा जिल्ला वन कार्यालय मकवानपुरको स्थापना भएको थियो र समय सापेक्ष वन संगठनमा हुने परिवर्तनले फिल्ड स्तरमा रहने कार्यालयहरुको संरचनामा समेत फेरबदल भई नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय (सचिव स्तर) को मिती २०७०/४/२८ को निर्णय अनुसार यस जिल्लामा ३ वटा सेक्टर र १५ वटा ईलाका वन कार्यालयहरु रहेकोमा देशको राजनैतिक प्रणालीको पूनर्संरचना भई संघिय संरचना अनुरुप नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७५/३/३२ को निर्णय अनुसारको स्वीकृत संगठन संरचना बमोजिम यस जिल्लामा डिभिजन वन कार्यालय, मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरी गरी २ वटा डिभिजन वन कार्यालय र सो अन्र्तगत ८/८ वटा सव डिभिजन गरी १६ वटा सव डिभिजन वन कार्यालय रहने गरी संगठनको पुर्नसंरचना गरिएको छ । १० वटा स्थानिय तह मध्ये डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत बागमती, वकैया, मकवानपुरगढीको सम्पूर्ण क्षेत्र र भिमफेदी गाउँपालिकाको वडा नं. ३, , , , ८ तथा हेटौडा उपमहानगरपालिकाको वडा नं. १, , , , , , , , १०, १५ र १ नं. वडाको राप्तीखोला पूर्वको क्षेत्र पर्दछ भने डिभिजन वन कार्यालय राप्ती, मनहरी अन्तर्गत मनहरी, राक्सिराङ्ग, कैलाश, ईन्द्रसरोवर, थाहा नगरपालिका, भिमफेदी गाउँपालिकाको वडा नं. १, , ४ र ९, हेटौंडा उपमहानगरपालिकाको वडा नं.३, ११, १२, १३, १४, १९ र १ नं. वडाको राप्तीखोला पश्चिमको क्षेत्र पर्दछ । वन अनुसन्धान तथा सर्वेक्षण विभागबाट प्रकाशित राष्ट्रिय वन श्रोत सर्वेक्षण प्रतिवेदन २०७१ बमोजिम जिल्लाको जम्मा क्षेत्रफल २,४४,३३६ हेक्टर मध्ये १,६६,५३३ हेक्टर वन क्षेत्रले ओगटेको छ ।